चुनावमा ज्यान गुमाएका बाजुराका दुई युवाका परिवारलाई सरकारले १० लाख दिने



काठमाडौं। सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

मृतकको परिवारलाई १०-१० लाख आर्थिक सहयोग दिने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए।

Tags :

प्रकाशित: २२ पुष २०७९, शुक्रबार १२:४८