काठमाडौं। प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ ।
सदनको पहिलो बैठकको एजेण्डा तय गर्न बोलाइएको बैठक संघीय संसद भवन बानेश्वरमा बसेको हो । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ ।
बैठकमा दलका सचेतक र संसदीय दलका नेताहरु सहभागी छन् ।
सभामुखको निर्वाचनको नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधिसभाको नियमावली अनुमोदन गर्नेलगायतका विषयमा छलफल हुनेछ ।
सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल भइरहेको बताइएको छ ।
बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल हुने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार १४:१३