संसदको पहिलो बैठकमा दलका शीर्ष नेताहरुले बोल्ने



काठमाडौं। प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक बस्ने भएको छ।

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ।

सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

Tags :

प्रकाशित: २२ पुष २०७९, शुक्रबार १४:५३