माधवले भने- प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक छु, विश्वासको मत दिने/नदिने एकिन छैन



काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन्।

१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ।

एकीकृत समाजवादीले केही निर्णय गरेको छैन। शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं।’

Tags :

प्रकाशित: २२ पुष २०७९, शुक्रबार १५:२४