प्रचण्ड सरकारप्रति धारणा बनाउने कांग्रेस संसदीय दलको बैठक आज



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भएको छ । आज प्रचण्ड नेतृत्वको सरकारप्रति धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्ने भएको हो । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।

एमाले-माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिँदैछन् । त्यसका लागि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित: २३ पुष २०७९, शनिबार ०७:५६