गलत दिशामा गएको राजनीतिलाई हस्तक्षेप गरेर सहि दिशामा ल्यायौं: नेपाल



काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गलत दिशामा जान थालेका बेला समयमै हस्तक्षेप गरेर सहि दिशामा ल्याउन सफल भएको बताएका छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिबाद देखापरेको, पार्टीभित्र जटिलता देखापरेको, दक्षिणपन्थी अवसरवाद देखापरेको, निरङ्कुश प्रवृत्ति देखापरेको, सामूहिकताको भावना समाप्त भएको र आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति पनि देखापरेको उल्लेख गरे।

उनले ती विषय कति ठीक छ कति बेठीक थियो त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे।

उनले नेपालको राजनीति गलत दिशामा जान थालेकोमा त्यसलाई सहि दिशामा लैजानका लागि समयमा हस्तक्षेप गरेको, ती प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरेको र जनताको साथ पाएको बताए । आम नागरिक समाजको समर्थनमा पार्टीभित्रको गलत प्रवृत्तिमा अंकुश लागेको उल्लेख गरे।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट खुसी रहेको बताउँदै अध्यक्ष नेपालले चुनावमा उठाएका उम्मेदवारहरु मध्ये ५० प्रतिशतले सफलता हासिल गरेको बताए।

समानुपातिक तर्फबाट प्राप्त भएको मतमा एकीकृत समाजवादी सन्तुष्ट नभएको उनले बताए। त्यसमा पार्टीकै त्रुटी रहेको र राम्ररी मेहनत गरेको भए अहिले समानुपातिकमा आएको मतभन्दा दोब्बर मत आउने उल्लेख गरे ।

Tags :

प्रकाशित: २३ पुष २०७९, शनिबार १४:०९