काठमाडौं। नेपाली कांग्रेसले भावी रणनीति बनाउन संसदीय दलको बैठक बसिरहेको छ।
शेरबहादुर देउवा प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक कांग्रेसको औपचारिक छलफलका लागि आज संसदीय दलको बैठक बसेको हो।
यसअघि निर्धारित केन्द्रीय कार्य समिति बैठक स्थगित गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
सोमवारबाट प्रतिनिधि सभाको बैठक बस्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भएकाले पार्टीको रणनीति बनाउन दलको बैठक बसेको हो। बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरू सहभागी छन्।
कांग्रेसले यसअघि अभ्यास गरेको छाया सरकारबारे आजै छलफल नहुने उपसभापति पूर्णबहादुर खड्काले बताए। यो बैठक आसन्न प्रतिनिधि सभा बैठक र विश्वासको मतको सन्दर्भमा केन्द्रित हुनेछ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पहिलो पार्टी बने पनि गठबन्धनमा भंग भएर संघ र प्रदेश दुवैतिरका सरकारबाट बाहिरिएपछि पहिलो पटक बैठक बसेको हो।
प्रकाशित: २३ पुष २०७९, शनिबार १४:३२