माओवादीसँग पार्टी एकताका लागि वार्ता समिति गठन गर्न नेसपाको बैठक बस्दै



काठमाडौं। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ।

पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ।

बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ। समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै संवादको लागि संवाद समिति पनि गठन नेसपाले गठन गर्ने गर्नेछ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय , आगामी रणनीति लगायत एजेन्डाहरूमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।

प्रकाशित: २४ पुष २०७९, आईतवार ०९:१३