काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। वाम एकताका लागि पहल भइरहँदा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। वाम एकताका लागि पहल भइरहँदा शीर्ष नेताहरुबीचको यो छलफलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
माओवादी केन्द्रले शनिबार मात्रै वृहत् वाम एकताका लागि ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। सोही अनुसार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आज राजनीतिक समितको बैठकमार्फत एकताको अन्तिम तयारी रहेको बताएको छ।
त्यसअघि प्रचण्ड, नेपाल र यादव छलफलमा जुटेका हुन्। एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई समर्थन पनि गरेको छैन। सरकारलाई समर्थन जुटाएर सरकारमा समेत सहभागी गराउने प्रयास प्रचण्डले गरिरहेका छन्।
प्रकाशित: २४ पुष २०७९, आईतवार १२:५६