काठमाडौं। नेकपा माओवादी प्रदेश १ ले नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ ।
प्रदेश १ मा एमालेको नेतृत्वमै सरकार बन्ने भएपछि माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोको अध्यक्षतामा बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो ।
दलका जेष्ठ सदस्य नारायण बहादुर मगरका अनुसार दलका सदस्यहरुबाट मासिक सात हजार रुपैयाँ लेबी उठाउने समेत निर्णय गरेको जानकारी दिए।
यसैबीच एमाले दलका नेता कार्कीले नयाँ गठबन्धनको नेतृत्व गर्दै आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गर्दैछन्।
प्रकाशित: २४ पुष २०७९, आईतवार १५:११