प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त



काठमाडौं। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

चुनाव भएपछि कार्की मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

यसअघि कार्कीले ९३ सदस्यीय प्रदेशसभामा ६० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन छ।
मुख्यमन्त्री कार्कीको शपथ कार्यक्रम सोमबार दिउँसो २ बजेका लागि तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।       

Tags :

प्रकाशित: २४ पुष २०७९, आईतवार १७:३५