पेट्रोलियम पदार्थको मूल्य समायोजन



काठमाडौं। नेपाल आयल निगमे पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।

यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राखेको थियो।                                   

Tags :

प्रकाशित: २४ पुष २०७९, आईतवार २०:२१