काठमाडौं। प्रदेश १ माओवादी केन्द्रले सत्ता गठबन्धनका नेताहरुले केन्द्रबाट गरेको सहमति नमान्ने बताएको छ।
प्रदेश १ को सरकार ५ वर्ष एमालेले नै चलाउने निर्णयप्रति असहमति जनाउँदै माओवादी केन्द्र सरकारमा सहभागी नहुने नेताहरुले बताएका छन्।
प्रदेश १ माओवादी केन्द्रले सत्ता गठबन्धनका नेताहरुले केन्द्रबाट गरेको सहमति नमान्ने बताएको छ। प्रदेश १ को सरकार ५ वर्ष एमालेले नै चलाउने निर्णयप्रति असहमति जनाउँदै माओवादी केन्द्र सरकारमा सहभागी नहुने नेताहरुले बताएका छन्।
नेकपा माओवादी केन्द्र, प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरुलाई अपमान हुनेगरी निर्णय भएको भन्दै सरकारमा सहभागी नहुने बताएका हुन्।
‘हिजो केन्द्रमा प्रदेश १ को विषयमा पद बाडफाडमा जे निर्णय भएको छ त्यो हामीलाई मान्य छैन,’ नेता आङ्बोले भने, ‘हाम्रो पार्टीलाई अपमान गर्ने गरी निर्णय भएको छ नसचिएसम्म हामी सरकारमा सामेल हुदैनौं।’
उनले माओवादी सरकारमा सामेल नहुने विषयमा नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आफुले जानकारी गराईसकेको बताए।
प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ती भएसगै हिक्मतकुमार कार्कीले आज सानो आकारको मन्त्री मण्डल गठन गर्ने तयारी गरेका छन्।
जसमा एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री रहेने तयारी थियो। माओवादी केन्द्रले दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी थियो।
प्रकाशित: २५ पुष २०७९, सोमबार ०९:४४