विश्वासको मत दिन अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ओलीको निर्देशन



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिनका लागि अनिवार्यरूपमा उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता ओलीले यस्तो निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने दिन भोलि सबै सांसदहरूलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले भने।

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरू ढुक्क रहेको बैठकमा ओलीको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन्।

Tags :

प्रकाशित: २५ पुष २०७९, सोमबार १३:५२