काठमाडौं। माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जम्कट्टेललाई एमाले, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूले समर्थन गरेका हुन्।
सोमबार हेटौडामा भएको छलफलपछि जम्कट्टेलको पक्षमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारलाई समर्थन गर्न सहमत भएका हुन्।
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् भने नेकपा एकीकृत एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टी २ जोडिदा जम्कट्टेलको पक्षमा समर्थन गर्ने सांसद ७० पुगेका हुन्।
प्रकाशित: २५ पुष २०७९, सोमबार १४:५७