सबैले निर्दोष भनेका रेशम चौधरीलगायतका थारुहरू किन जेलमा ?



काठमाडौं। रेशम चौधरीलगायतको रिहाइको एजेन्डा लिएर चुनावमा गएर विभिन्न ठाउँमा जितेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसद् बैठकमा ‘टीकापुर घटनाको न्याय निरूपण नहुन्जेलसम्म लडिरहने’ बताएकी छिन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले निर्दोष थारुहरूलाई थुनिएको भन्दै आपत्ति जनाइन्।

घटनामा मारिएका सुरक्षाकर्मीहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले चरम ज्यादती र अन्याय गर्न पाइन्छ ? भन्दै प्रश्न गरिन्। रन्जिताले रेशम चौधरीसहितका निर्दोष थारुहरूलाई थुनिएको भन्दै आपत्ति जनाइन्।

उनले भनिन्, ‘‘रेशम चौधरीको एफएम, घर र रिसोर्ट, गाडी, लत्ताकपडा जलाइयो र उनीहरूमाथि झुठा मुद्दा लगाइयो। त्यो बेलामा रेशम घटना भएको ठाउँभन्दा २१ किलोमिटर पर रहेको सरकारी प्रतिवेदनले देखाएको छ।’

उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन । “सबैले निर्दोष भन्दा रेशम चौधरी र अन्य थारुलाई किन जेलमै राखिरहने ? म संसदबाट नै न्याय माग्छु र न्याय पाउने अपेक्षा पनि गरेको छु।’’ रञ्जिताले भनिन्।

Tags :

प्रकाशित: २५ पुष २०७९, सोमबार १६:१३