लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ।

मंगलबार काठमाडौंमा सबेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय लिएको नेता शरदसिंह भण्डारीले बताए।

बबरमहलसिथत पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा विश्वासको मतसहित मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनले बताए।

यसअघि मंगलबारै नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय लिएको थियो।

तर समाजवादीले सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ।

लोसपाका सांसद शरदसिंह भण्डारीका अनुसार प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

Tags :

प्रकाशित: २६ पुष २०७९, मंगलवार ११:४२