काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेका छन्।
प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बसेको थियो। सोही बैठकमा देउवाले ह्वीप जारी गरेका हुन्।
सातदलीय गठबन्धन सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने कांग्रेसले बताएको छ। प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन्।
प्रकाशित: २६ पुष २०७९, मंगलवार १३:२७