काठमाडाैं। प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले विश्वासको मत पाए भने इमान्दारीका साथ काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज विश्वासकाे मत लिनुअघि गरेकाे सम्बाेधनमा यस्ताे बताएका हुन् ।
‘म यसपटक फरक संकल्पका साथ यहाँ उभिएको छु । विश्वासको मत पाए भने इमान्दार स्वीकारोक्तका साथ सुरु गर्न चाहन्छु’ उनले भने ‘हामी कही न कहिँ चुकेका छौँ । त्यसो हुन्नथ्यो भने लाखौँ युवा विदेश हुने थिएनन् ।’ हामीहरु चुक्दा शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको नियन्त्रणबाहिर गएकाे, विकासको योजना लथालिंग भएकाे उनले भनाइ राखे।
‘देश अहिले पनि कुनै न कुनै रुपमा संकटमै छ । साना समस्याको समाधान समयमै नखोजे तिनले ठूलो रुप लिन्छन् ।” उनले भने, ‘देशको कायापलट गर्ने हो भने विश्वासपूर्ण सहकार्य अनिवार्य छ ।’ उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद काेइराला आज नहुनुहुनु भएकाले बाँकी काम गर्न सहकार्य आवश्यक रहेकाे बताए ।
आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित आफू यहाँ उभिएकाे बताउँदै उनले पहिलोपटक हुँदा कुनै अनुभव र टिम रुमल्लिएकाे स्वीकार गरे । भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै बाहिरिनुपर्ने अवस्था आएकाे उनले बताए।
प्रकाशित: २६ पुष २०७९, मंगलवार १३:३६