काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बलियो विश्वासको मत मिलेका अब देश र जनतालाई सुशासन दिएर अघि बढ्ने बताएका छन्।
‘अहिले नेपाल र नेपाली सबैलाई यो सफलता मिलेको छ। यो पटक पार्टी र सरकार सफल हुने कुरामा शंका छैन’, उनले भने, ‘जनयुद्ध हुँदै गर्दा राज्यले किलो शेरा टु अप्रेशन चलाएको थियो।
पार्टीका कतिपय साथीहरुमा निराशा थियो। त्यही बेला जनयुद्ध दुई तीन वर्ष पनि जाँदैनथ्यो कि भन्ने थियो। तर हामीले युवाहरुलाई नेतृत्वमा ल्याएर जनयुद्ध सफल बनायौँ।’
उनले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने पनि बताए। ‘अब हामीले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुछ’, उनले भने, ‘हामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ।
हामी प्रतिक्रियावादीहरुको घेरा तोडेर यहाँसम्म आएका छौँ, त्यसैले हामी सफल हुनैपर्छ।’
उनले पार्टीलाई व्यापक रुपमा विस्तार गर्न जरुरी रहेको बताए। वाईसीएलले पनि पार्टी संगठन विस्तारमा योजनावद्ध लाग्नुपर्ने प्रचण्डले बताए।
प्रकाशित: २७ पुष २०७९, बुधबार १२:४२