काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई एमालेको हरेक कुरामा विश्वास नगर्न आग्रह गरेका छन्।
अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेपालले एमालेका हरेक कुरामा विश्वास गर्दा पछि फेरि धोका हुने बताएका हुन्।
उनले भने, ‘हावादारी योजना बनाएर हुँदैन। कस्तो हुन्छ हावादारी यहाँ नभनौं कसैलाई घोच्ला।’
उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्य गरेर जनताको जीवनस्तर सुधार्ने लक्ष्यसहित आफूले विश्वासको मत दिएको नेपालले बताए ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई विश्वासको मत दिनासाथ सत्ताधारी दल नहुने दाबी गरेका हुन्।
नेपालले सम्मान गर्दै उनले सरकारलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
प्रकाशित: २७ पुष २०७९, बुधबार १५:१८