लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त



काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ एमालेका लीला गिरी नियुक्त भएका छन्।

बुधबार प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले स्वतन्त्र २ सांसदसहित ७ पार्टीको समर्थन पाएका छन्।

गिरीले आज मात्रै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्तिका ४, जनता समाजवादीका ३, जनमतका ३, लोकतान्त्रिक समाजवादीका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदको समर्थन रहेको छ। लुम्बिनीको ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको बहुमत आवश्यक पर्छ।

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार १६:१७