सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलले गरे दाबी पेश



धनगढी। नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टको प्रस्ताव र नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सुमर्थनमा रावलले बुधाबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

रावलले मुख्यमन्त्रीमा दाबी पेस गरेसँगै केन्द्रमा झै सुदूरपश्चिम प्रदेशमा पनि नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको गठबन्धन सरकार बन्ने निश्चित भएको हो। सत्ता गठबन्धनसँग २९ जना प्रदेश सभा सदस्यको समर्थन रहने भएको हो।

गठबन्धनमा नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेश सभा सदस्य रहेका छन्।

यसअघि प्रदेश प्रमुखले बुधाबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई समय दिएका थिए। रावलले दाबी पेस गरेसँगै प्रदेशको दोस्रो मुख्यमन्त्रीमा कञ्चनपुरका रावलले नियुक्ति पाउने निश्चित भएको छ।

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार १७:१५