सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त



काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त भएका छन्।

२९ सांसदको समर्थन सहित बुधवार साँझ दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

रावलले एमालेसँगै माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन।

५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त भएका हुन।

२९ सांसद सहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्रीको प्रमाण पत्र प्रदान गरेका छन्। भने अव रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नु पर्ने छ।

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ।

मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन। नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन।                           

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार १७:५७