कांग्रेसले विश्वासको मत दिएपछि सशंकित बनेका ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड



काठमाडौं। प्रधानमन्त्रीमा नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएपछि सशंकित भएका एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्।

प्रचण्ड विश्वासको मत पाएको भोलि पल्ट ओली भेट्न बालकोट पुगेका हुन्।

बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटवार्तामा दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको बुझिएको छ।

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन्।

प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका छन्।

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार १९:३०