काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिने बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको बैठक बस्न लागेको हो।
मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा छलफल गर्नका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरु जुट्न लागेका हुन्।
बैठक दिउँसो ३ बजेसम्म बस्नेगरी तयारी भइरहेको छ। यद्यपि नेताहरुको व्यस्ततालाई ध्यानमा राखेर समय तोकिने बुझिएको छ।
यसअघि बुधबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। उनीहरुबीच मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल भएको जनाइएको छ।
एमाले अध्यक्ष ओलीको नीजि निवास बालकोट पुगेर प्रचण्डले झण्डै १ घन्टा वार्ता गरेका थिए। ओलीसँगको छलफलपछि सत्ता साझेदार दलका नेताहरुबीच आज छलफल हुन लागेको हो।
संसदबाट विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। तर कुन दलले कति मन्त्रालय लिने भन्ने विषय टुंगिन बाँकी छ।
प्रकाशित: २८ पुष २०७९, बिहीबार ०९:११