धनगढी। नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत चयन भएका छन्।
बुधबारदेखि शुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिलामा गिता कुँवर र समावेशीमा जगत खडका सर्वसम्मत चयन भएका हुन।
प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिलामा बन्दना बम र समावेशीमा भिमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा विरबहादुर गडाल चयन भएका छन्।
यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशव दत्त भट्ट, चन्द्रबहादुर खनाल, महिलामा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकसमारी पाण्डेय, दलितमा लक्ष्मण विक, आदिवासीरजनजातीमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसंख्यकमा धनबहादुर बोहरा र पदम भाट गाउले चयन भएका छन् ।
यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन । लेखा समिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन्।
प्रकाशित: २८ पुष २०७९, बिहीबार १४:३२