काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन्।
त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन्।
यस्तै बसन्तबहादुर कुँवरको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा भएको छ।
प्रकाशित: २८ पुष २०७९, बिहीबार १४:४३