काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्।
बुधबार शेरचनले एमाले लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता गिरिलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।
गिरिसँगै २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी लुम्बिनी प्रदेशको मन्त्री बनेर सपथ ग्रहण गरेका हुन्। दुवै जनाको मन्त्रालय तोकिएको छैन।
माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने चर्चा चलेको थियो। तर रोजेको मन्त्रालय नपाएको र बिनाविभागीयमा बस्न नमानेकाले आज मन्त्री बनेनन्।
प्रकाशित: २८ पुष २०७९, बिहीबार १५:५३