काठमाडौं। घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ।
सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो।
एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए। तर, उनी पराजित भएका थिए। केहीदिनअघि उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खुलेका थिए।
लगत्तै एकीकृत समाजवादीले जवाफ पठाएसँगै उनी पार्टी प्रवेश गर्न राजी भएका हुन्।
प्रकाशित: २८ पुष २०७९, बिहीबार १७:००