काठमाडौं । क्रिकेटर सन्दीप लामिाछाने भोलि छुट्ने भएका छन् आज उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन्।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।
उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना अधिकारी दिनेश पौडेलले बताए। ‘आदेशकाे पूर्णपाठ केहीबेरमा आउँछ’, उनले भने, ‘लामिछानेकाे रिहाइ सर्तसहित हाे ।’ तर आदेश पूर्णपाठ नआइसकेकाले सर्त के हो खुलेको छैन । लामिछानेलाई २० लाख रूपैयाँ धराैटी माग गरिएकाे छ ।
अदालतले लामिछानेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको छ। धरौटी बुझाएसँगै उनी रिहा हुनेछन्।
लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो। वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक-पटक स्थगित भएको थियो ।
प्रकाशित: २८ पुष २०७९, बिहीबार १९:३३