काठमाडौं। विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ।
पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो।
तत्कालीन आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो । उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाइ दिने भनी ७८ लाख रुपैयाँ घूस लिएको अभियोग उनीमाथि थियो।
प्रकाशित: २८ पुष २०७९, बिहीबार २१:५७