सुदूरपश्चिममा आज पनि सभामुख छान्न सकिएन



काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

सभामुख निर्वाचनका लागि शुक्रबार बिहान ११ बजे बैठक आह्वान गरिएको थियो।

अहिले प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको छ।

बैठक बस्ने विषयमा सर्वदलीय बैठक बसेको थियो। सर्वदलीय बैठक लम्बिँदा प्रदेश सभाको बैठक स्थगित भएको हो।

बुधबार साँझ भएको निर्वाचनमा एक मत बदर हुँदा सभामुख हुनबाट रोकिएका थिए।

भण्डारीले पहिलो चरणमा २७ मत पाए। त्यस्तै, दोस्रो पटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए।

 

Tags :

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १४:१९