गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वास लिए



काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन्।

आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो।

अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। सत्ता गठबन्धनको नेकपा एमालेबाट अधिकारी मुख्यमन्त्री बनेका हुन्।

Tags :

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १५:२६