काठमाडौं। पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ।
किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।
अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन्। शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ।
पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए।
प्रकाशित: ३० पुष २०७९, शनिबार ११:१६