घनश्याम नेकपा एसको सचिवालय सदस्य मनोनियत, महासचिव बनाउने तयारी



काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनित भएका छन्।

उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको पार्टी उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।

भुसालले शुक्रबार पार्टीमा प्रवेश गरेका थिए। गत मंसिर ४ गते भएको निर्वाचनमा उनी स्वतन्त्र चुनाव लडेका थिए।

नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनको समर्थन थियो। तर उनी पराजित भएका थिए।

अहिले उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।उनलाई एकीकृत समाजवादीका महासचिव बनाउने तयारी छ। उनलाई महासचिव बनाएर बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने तयारी गरेको हो।

यो प्रस्वात स्वयम् महासचिव बेदुराम भुसालले नै प्रस्ताव गरेको बुझिएको छ। यो प्रस्ताव केन्द्रीय कमिटीको बैठकले पारित गर्ने तयारी छ।

Tags :

प्रकाशित: ३० पुष २०७९, शनिबार १४:२१