काठमाडौं। गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन्।
शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन्। नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत रहेकी हुन्।
सो क्रममा लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। उनले यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईसी० लाई फेरि अनुसन्धान गर्न लगाइने भन्दै लामिछानेले धर्नामा बसेर मात्रै समास्या समाधान नहुने बताएका थिए । उनले सीआईबीको टोलीलाई सघाउन आग्रह समेत गरेका थिए।
- रुविसहित १५ जना यसअघि १ असोजमा २० दिनको न्याय मार्च गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगञ्जदेखि काठमाडौं आएका थिए। निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोवीलाई शारीरिक बन्धक बनाई बेपत्ता पारिएको भन्दै स्थानीय प्रशासनले सुनवाइ नगरेपछि उनीहरूले ५०० किलोमिटरको न्याय मार्च गर्दै काठमाडौं आएका हुन्। त्यसपछि माइतीघरमा धर्ना हुँदै आएको छ ।
प्रकाशित: ३० पुष २०७९, शनिबार १५:०४