६८ यात्रु बोकेको पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना



काठमाडौं। काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ। आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिए।

भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ। दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

Tags :

प्रकाशित: १ माघ २०७९, आईतवार ११:३०