पोखरा विमान दुर्घटना : केहीको शव र घाइतेलाई निकालियो



काठमाडौं। पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ।

जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्सका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ। स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन्।

घटनास्थमा रहेका स्थानीयका अनुसार १६ जनाको शव निकालिएको र केही घाइतेको उद्दार गरिएको बुझिएको छ।

Tags :

प्रकाशित: १ माघ २०७९, आईतवार ११:५६