जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलमा (यात्रुको विवरणसहित)

४० वटा शव निकालियो, १० जना विदेशी नागरिक पनि सवार



काठमाडौं। पोखरामा बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटना सम्बन्धमा विस्तृत विवरणबारे जानकारी लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रुममा पुगेर दुर्घटनाको अपडेटबारे जानकारी लिएका हुन्। जहाज दुर्घटनामा परेकाहरुको उद्धार गर्न निर्देशन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइसकेका छन्। दुर्घटना पाएको खबर पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक बस्दै छ।

आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए। हालसम्म दुर्घटनामा परेर ४० जनाको मृत्यु भइसकेको छ। बाँकी यात्रुको खोजी जारी रहेको कास्की प्रशासनले जनाएको छ। पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका हुन्।

उनका अनुसार उक्त विमानमा चालक दलका ४ सदस्य सहित ६८ जना यात्रु थिए। विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र ५ जना भारतीय रहेको उनले जानकारी दिए। त्यसबाहेक विमानमा रुसका ४, कोरियाका २ , आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक यात्रु सवार थिए।                                    यी हुन् यात्रु

काठमाडौं। पोखरामा बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटना सम्बन्धमा विस्तृत विवरणबारे जानकारी लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रुममा पुगेर दुर्घटनाको अपडेटबारे जानकारी लिएका हुन्। जहाज दुर्घटनामा परेकाहरुको उद्धार गर्न निर्देशन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइसकेका छन्। दुर्घटना पाएको खबर पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक बस्दै छ।

आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए। हालसम्म दुर्घटनामा परेर ४० जनाको मृत्यु भइसकेको छ। बाँकी यात्रुको खोजी जारी रहेको कास्की प्रशासनले जनाएको छ। पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका हुन्।

उनका अनुसार उक्त विमानमा चालक दलका ४ सदस्य सहित ६८ जना यात्रु थिए। विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र ५ जना भारतीय रहेको उनले जानकारी दिए। त्यसबाहेक विमानमा रुसका ४, कोरियाका २ , आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक यात्रु सवार थिए।

विमानमा सवार यात्रुहरुको नामावलीः

नेपाली यात्रुः

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

Tags :

प्रकाशित: १ माघ २०७९, आईतवार १३:००