काठमाडौंबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : प्राधिकरण



काठमाडौं। यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयर प्रािलको एनवाईटी–६९१, ९ एन–एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो।

‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात विमान दुर्घटना भएको छ’– नागरिक उडड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विमान ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए।

प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए।                   

Tags :

प्रकाशित: १ माघ २०७९, आईतवार १४:३०