भोलि राष्ट्रिय शोक घोषणा, जाँच आयोग गठन



काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।

आइवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए।

‘यो घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। निधन भएकाहरुप्रति समवेदना’, उनले बैठकपछि भने, ‘भोलि (माघ २ गते) एक दिन शोकको घटनाका सन्दर्भमा शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।’

पौडेलले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको बताए।

उनले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको बताएका छन्।

Tags :

प्रकाशित: १ माघ २०७९, आईतवार १४:४३