काठमाडौं। पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा अहिलेसम्म ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनास्थलबाट उद्धार जारी रहँदा ६५ शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिएका छन् ।
एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
२ जनाको जीवितै उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । शव राखिएको गण्डकी अस्पतालमा दिवङ्गत यात्रुका परिवारजनको भीड लागेको छ ।
प्रकाशित: १ माघ २०७९, आईतवार १६:१०