तेस्रो प्रयासमा सभामुख चुन्न असफल होला त सुदूरपश्चिम प्रदेशसभा ?



काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक सोमबार बस्दै छ। दुईपटक प्रदेशसभाबाट सभामुख चयन हुन नसकेपछि फेरि आज प्रदेशसभा बैठक बस्ने भएको हो।

त्यसअघि अहिले सर्वदलीय बैठक बसिरहेको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रसिंह कुँवरले जानकारी दिए। सभामुख चयनका लागि के गर्नेरु भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको हो।

२८ र ३० गते भएको सभामुखको मतविभाजनमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल कसैले पनि बहुमत पाउन सकेनन्।

सुदूरपश्चिम प्रदेश संवैधानिक संकटको खतरान्मुख छ। शनिबारसम्म सभामुख चयन गरिसक्नुपर्छ। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

१८ पुसमा बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले २८ पुसमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो। त्यस दिन कसैको बहुमत नआएपछि ३० मत पनि मतविभाजन भएको थियो। तर त्यसमा पनि कसैको बहुमत आएन।

सोही अनुसार दुई/दुई पटक सभामुखको मतविभाजन भएपनि कसैले बहुमत नल्याउँदा सभामुख चयन गरिसक्नु पर्ने समय सीमा घर्किदै जाँदा संवैधानिक संकट आउनसक्ने खतरा बढेको हो।

Tags :

प्रकाशित: २ माघ २०७९, सोमबार ०९:३४