काठमाडौं। यती एयरलाइन्सको एटिआर–७२ बीमान दुर्घटनामा मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सहजिकरण गर्ने निर्णय भएको छ।
सोमबार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो निर्णय गरेको बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले जानकारी दिए।
‘बीमाको रकम भुक्तानीमा समस्या छैन्’ अध्यक्ष सिलवालले भने- ‘बीमा रकम प्राप्त गर्ने व्यवस्था हुन्छ, शव व्यवस्थापनमा कसरी आफन्तहरुलाई सहजीकरण गर्ने भन्नेबारे छलफल भएको छ।’
बैठकमा मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहितका अधिकारी सहभागी थिए।
पोखराको सेती खोंचमा भएको दुर्घटना परेर ज्यान गुमाएका विदेशी नागरिकको शव पोष्टमार्टम गरेर विदेश पठाउने व्यवस्था गरिने अध्यक्ष सिलवालले बताए।
प्रकाशित: २ माघ २०७९, सोमबार १३:४०