काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पुगे, पोस्टमार्टम सुरु (सनाखत सूचीसहित)



काठमाडौं। यती विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फारेन्सिक विज्ञ पोखरा पुगेका छन्।

दुर्घटनामा परेको ६८ जनाको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। जसमध्ये ३८ जनालाई पहिचान भइसकेको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जाानकारी दिए।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन्।

प्रतिष्ठानमा पाँच जनाको फोरेन्सि टिक रहे पनि दुर्घटनामा मृत्यु भएकाको पहिचान पोष्टमार्टमका लागि राष्ट्रिय टिम बनाइनुपर्ने भएकाले काठमाडौंबाट पनि डाक्टर सहभागी भएको उनले जानकारी दिए।

दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ।

चार जनाको शवको खोजी भइरहेको छ। भेटिएका शवमध्ये ३८ जनाको पहिचान भएको छ।

यी हुन् परिचान खुलेकाहरू

१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सुशिल श्रेष्ठ र सोना दिवाकरकी छोरी
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी

Tags :

प्रकाशित: २ माघ २०७९, सोमबार १३:५५