विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले कति पाउँछन् बीमा रकम?



काठमाडौं। आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरको जहाज दुर्घटनामा पर्‍याे। आन्तरिक तर्फ सबैभन्दा ठूलो दुर्घटना उक्त जहाजमा चालकदलका ४ जना सहित ६८ यात्रु रहेका थिए।

काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि उडान भरेको यती एयरलाइन्सको जहाज ९ एन–एएनसी जहाज पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आले मगर थिए।

बीमा रकम कति पाउँछन् मृतकका परिवारले?

नेपालमा हाल आन्तरिक उडान वार्सा महासन्धि र हेग प्रोटोकल अन्तर्गत रहेको छ । यसले आन्तरिक उडानमा मृत्यु भएका परिवारले बीमाबापत २० हजार अमेरिकी डलर पाउनेछन् ।

यसअन्तर्गत आइतबार उक्त जहाजमा मृत्यु भएकाकाे परिवारका सदस्यले सोही दिनको विनिमय दर अन्तर्गत १ अमेरिकी डलर बराबर १२९.४६ को २५ लाख ८९ हजार ६०० रुपैयाँ बीमा रकम पाउनेछन्।

यस्तै चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ। चालक दलका सदस्यका परिवारले ५१ लाख ७८ हजार ४०० रुपैयाँ बीमा बापतको रकम प्राप्त गर्नेछन्।

Tags :

प्रकाशित: २ माघ २०७९, सोमबार १४:०८