स्वतन्त्र पार्टीले उपसभामुखसहित तीन मन्त्री पाउने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

रास्वपाका एक नेताका अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो।

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन्। यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ। बैठकले भागवण्डा टुंग्याउने तयारी छ।

दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भागबण्डाको लगभग सहमति भइसकेको छ। दुई नेताबीच ८ सांसद बराबर एकमन्त्री दिने सहमती बनेको बुझिएको।

Tags :

प्रकाशित: २ माघ २०७९, सोमबार १८:२३