जीप दुर्घटनामा एकको मृत्यु



काठमाडौं। जुम्लामा सोमबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दिउँसो करिब ४ बजे जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पातरासी गाउँपालिका–१ खालाढिक बस्ने ४२ वर्षीया छोजुम लामा रहेकी छन्।

घटनामा १४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

जीप दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढा मगरले जानकारी दिए।

उनले भने, ‘जीपमा सवार १६ जना रहेछन्। एक जनाको मृत्यु भइसकेको छ। १४ जना घाइते भएका छन्। उनीहरुको उद्वार गरेर उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिठानतर्फ पठाइएको छ।’

उक्त जीप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिलानदीको किनारमा खसेको प्रहरी निरीक्षक मगरले बताए।

जीप जुम्ला सदरमुकामदेखि पातरासी गाउँपालि–४ तर्फ गइरहेको थियो।

चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

Tags :

प्रकाशित: २ माघ २०७९, सोमबार १८:३०