काठमाडौं। लुम्बिनी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।
सोमबार घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन्।
उपसभामुखका लागि भने तीन जनाको मनोनयन दर्ता भएको प्रदेस सभा सचिव दुर्लभ पुनले बताए। आज बस्ने प्रदेश सभा बैठकले उपसभामुख चयन गर्ने छ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव पुनले जानकारी दिए।
उपसभामुखमा सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको प्रस्तावकमा माओवादी नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारू र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।
त्यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भएको छ । उनको प्रस्तावकमा सचेतक नरमायाँ ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी बसेका छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिन प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो।
प्रकाशित: ३ माघ २०७९, मंगलवार ०८:५१